ओपो एफ१९ प्रो नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

ओपो एफ१९ प्रो नेपाली बजारमा, यस्ता छन् विशेषता


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले केही समय अगाडि मार्च महिनामा आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक गरेको थियो।

छोटो अवधिमै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा–स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्शनको साथमा उत्कृष्ट भिडियो, एआई कलर पोट्रेट भिडियो, ३० वाट भोक फ्ल्याश चार्ज ४.० लगायत फिचरका साथमा उत्कृष्ट प्राविधिक अनुभूति प्रदान गरेको ओपोले जनाएको छ।

कम्पनीका अनुसार एफ–१९ प्रोमा ४८ एमपी मेन क्यामेरासहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ। फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीमाक्रो क्यामेरा र २ एमपीमोनो क्यामेराका साथमा काम गर्छ।

यसैगरी फोनमा ३२ एमपी फ्रण्ट फेसिङ क्यामेराको प्रयोग गरिएको छ। उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले राम्रो व्यवस्था गरेको जनाइएको छ।

एफ १९ प्रोमा भिडियोलाई आकर्षक देखाउन एआई कलर पोट्रेट भिडियोलाई परिस्कृति करणका साथ भिडियोमा प्रयोग गर्न मिल्ने तरिकाले उपलब्ध गरिएको छ।

फोटोग्राफी भ्यारियण्टमा एआई कलर पोट्रेट भिडियोले, भिडियो सटको मान्छे पहिचान गरे जस्तै, एफ१९ प्रोले ब्याकग्राउण्डका मानिसलाई बुद्धिमताका साथ छुट्याउने जनाइएको छ।

फोनमार्फत आफ्ना दैनिकी रेकर्ड गर्न रुचाउने भ्लगर्सका लागि ओपोले दुई दृष्टिकोण एकै पटक कैद गर्न सघाउने डुअल भ्यू भिडियो फिचर पनि सार्वजनिक गरेको छ।

साथै कन्सर्ट लगायत समारोहका शट्समा स्थिरता दिन वा चहलपहलका कारण भिडियो बिग्रिने सम्भावनाबाट जोगाउनयसमा ईआईएस फिचर पनि दिइएको छ ।

कम्पनीका अनुसार ओपोका विशेषताहरु यस प्रकार छन्ः

तीब्र चार्जिङ सुविधासहितको टिकाउ ब्याट्री

तीब्र गतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ१९ प्रोमा लामो समयसम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।

आफ्नो साथमा चार्जर नहुँदा, साथै ब्याट्री लाईफ पनि अन्तिम केही प्रतिशत मात्र बाँकी रहनेजस्ता अनपेक्षित अवस्थालाई समेत विशेष ध्यान दिई एफ १९ प्रोमा अल डे स्मार्ट पावर सेभिङ फिचर पनि दिइएको छ।

एप स्टार्टअप टाइममा तिब्रताका साथै, थप प्रतिक्रियात्मक अनस्क्रिन टच र न्यून ल्यागका लागि एफ१९ प्रोमा २.२ जीएचजेडसम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स ए ७५ प्राइम कोर्स र २.० जीएचजेड सम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्स ए ५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी ९५ ओक्टा कोर प्रोसेसरको प्रयोग गरिएको छ।

शक्तिशाली प्रोशेसरका साथै एफ१९प्रोमा गेमिङको मज्जाका लागि स्मूथ ग्राफिक्स, अप्टिमाइज्ड नेटवर्क ल्याटेन्सी र डिर्‍याकद्वारा सञ्चारित रियल एचडी साउण्ड सुविधा पनि उपलब्ध छ।

साथै, फोनलाई ईन्टेन्सिव गेमिङका दौरान उत्पादन हुने तापका कारण ल्याग हुनबाट जोगाउन विशेष कुलिङ प्रणाली पनि फोनमा उपलब्ध गरिएको छ ।

कलरओएस ११ः तिब्र मल्टि टास्किङको मज्जा

ओपो एफ१९ प्रोमा मल्टि टास्किङ गरिरहनु पर्ने प्रयोगकर्ताहरुलाई विशेष ध्यानमा राखि विभिन्न सुविधाहरु उपलब्ध छन्।

गोपनियताको सुरक्षा

ओपो एफ१९ प्रोमा उपभोक्ताको मागलाई दृष्टिगत गर्दै गोपनियता र सुरक्षाका लागि डाटा रिट्रिभ (पुनः प्राप्ति) तथा अनावश्यक ब्यक्तिको पहुँचबाट जोगाउन विशेष फिचर्सको ब्यवस्था गरिएको जनाएको छ।

बजार उपलब्धता

ओपो एफ१९ प्रो, फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दुई आकर्षक रंगमा उपलब्ध छन्। ८ जीबी र्‍याम र १२८जीबी सञ्चय क्षमता सहितको एफ१९ प्रोको मूल्य रु. ४४ हजार ९ सय ९० निर्धारण गरिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ४८ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु