झापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण | Khabarhub Khabarhub

झापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित चारै जना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा रहनुभएको छ ।

राजधानीबाट झापा ल्याइँदै कोरोना सङ्क्रमित

कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौँबाट मोफसल ल्याउन थालिएको छ ।

काठमाडौँमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो ।

काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५:४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो ।

अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौँमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए ।

झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौँमा बस्दै आएका थिए । उनलाई आइसीयुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए ।

बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ । अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए ।

“राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ”, गिरीले भने, “बीएन्डसीमा कोरोना सङ्क्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौँ । काठमाडौँबाट अरु सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।”

पालोमा सेवा दिन अनुगमन टोलीको आग्रह

झापाको दमकस्थित कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार सरकारी कार्यालयहरुको अनुगमन गरी पालोमा सेवा प्रवाह गर्न सुझाव दिएको छ ।

दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेको नेतृत्वमा रहेको अनुगमन टोलीले मालपोत कार्यालय, नापी कार्यालय, गोरखा डिपार्टमेन्ट स्टोर, एनएमबी बैङ्कलगायतमा अनुगमन गरेको थियो ।

सेवाग्राहीको भीडभाड हुँदा कोरोनाको सङ्क्रमण फैलिने जोखिम भएको जनाउँदै अनुगमन टोलीले मालपोत र नापी कार्यालयलाई तत्कालै क्षेत्रगत पालो प्रणाली लागू गरेर सेवा प्रवाहित गर्न आग्रह गरेको छ ।

झापामा तत्काल निषेधाज्ञा नहुने

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताएका छन् ।

पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले निषेधाज्ञा जारी नहुने बताएका हुन् ।

जिल्लामा हालसम्म कोभिड–१९ का १९४ सक्रिय सङ्क्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गरिनु पर्ने प्रजिअ तिम्सिनाको भनाइ थियो ।

उनले तराईमा ५०० र पहाडमा २०० कोरोना सङ्क्रमितको सङ्ख्या पुगेपछि मात्र निषेधाज्ञा जारी गर्न बाध्य हुनुपर्ने कानूनी व्यवस्था प्रष्ट पार्दै हाल झापामा त्यस्तो अवस्था नरहेको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ७ : ५५ बजे

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

गोलबजार– सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको

कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस्

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय

मस्कसँग लफडा परेपछि टेस्ला बेच्दै ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग लफडा गरेका विश्वकै

सीपसहितको सक्षम जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको

सुदन किराती भन्छन्,– संविधान संशोधन होइन, पहिला हाम्रो दिमाग संशोधन गरौं

काठमाडौं– जुनसुकै शासनव्यवस्था भए पनि अन्ततः कार्यशैली नसुध्रिने हो भने