चलचित्रकर्मी कल्याणकारी कोषमा सहयोग « Khabarhub

चलचित्रकर्मी कल्याणकारी कोषमा सहयोग


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा रहेका नेपाली कलाकारहरुले चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमा तीन लाख बढी रुपैंयाँ सहयोग गरेका छन् ।

६ महिना अघि अमेरिका पुगेर आएकी कोषकी संयोजक अभिनेत्री बसुन्धरा भुषालमार्फत उनीहरुले कोषलाई सहयोग गरेका हुन् । बसुन्धराका अनुसार हालसम्म कोषमा चार करोड बढी रकम जम्मा भइसकेको छ ।

हिजो बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य–सचिव महेन्द्रप्रसाद साँखीलाई ३ लाख २० हजार रुपैंयाँ हस्तान्तरण गरिन् ।

कोषमा अमेरिका बाल्टिमोरमा निवासी लोकगायक प्रेमराजा महतबाट १ लाख ३ हजार २ सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार १ सय २०, कलाकार सारंगा श्रेष्ठबाट २४ हजार १ सय २०, कलाकार सबिता अधिकारीबाट १२ हजार ६ सय, दिव्य चन्दबाट १२ हजार १ सय २०, कलाकार अरुणिमा लम्सालबाट १२ हजार १ सय २०, कलाकार दिलीप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार १ सय २० रुपैंयाँ सहयोग भएको छ ।

त्यस्तै कलाकार रञ्जना शर्माबाट १२ हजार १ सय २०, कलाकार मुकेश आचार्यबाट १२ हजार १ सय २०, सुरेश श्रेष्ठबाट १२ हजार १ सय २०, कलाकार राधा शर्मा (भावु)बाट ६ हजार १ सय २०, भेष पोखरेलबाट ६ हजार १ सय २०, अमेरिका न्युजर्सी निवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार १ सय २० सहयोग प्राप्त भएको छ ।

त्यसैगरी अमेरिका बोस्टन निवासी संचिता थापाबाट २४ हजार १ सय २०, सदिक्षा अधिकारीबाट ७ हजार २ सय, अमेरिका न्युयोर्कवासी डा. रबिन राईबाट १२ हजार १ सय २० गरी ३ लाख १६ हजार ५ सय ६० रुपैयाँ सहयोग भएको छ । यस्तै अभिनेता पल शाहले पनि १ लाख १ सय १ रुपैयाँ घोषणा गरेका छन् ।

कोषले समस्यामा रहेका फिल्मकर्मीलाई सहयोग गर्ने, औषधीउपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरन्त काजकिरिया सहयोग गर्ने लगायतमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : २० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार