चलचित्रकर्मी कल्याणकारी कोषमा सहयोग | Khabarhub Khabarhub

चलचित्रकर्मी कल्याणकारी कोषमा सहयोग


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा रहेका नेपाली कलाकारहरुले चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमा तीन लाख बढी रुपैंयाँ सहयोग गरेका छन् ।

६ महिना अघि अमेरिका पुगेर आएकी कोषकी संयोजक अभिनेत्री बसुन्धरा भुषालमार्फत उनीहरुले कोषलाई सहयोग गरेका हुन् । बसुन्धराका अनुसार हालसम्म कोषमा चार करोड बढी रकम जम्मा भइसकेको छ ।

हिजो बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य–सचिव महेन्द्रप्रसाद साँखीलाई ३ लाख २० हजार रुपैंयाँ हस्तान्तरण गरिन् ।

कोषमा अमेरिका बाल्टिमोरमा निवासी लोकगायक प्रेमराजा महतबाट १ लाख ३ हजार २ सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार १ सय २०, कलाकार सारंगा श्रेष्ठबाट २४ हजार १ सय २०, कलाकार सबिता अधिकारीबाट १२ हजार ६ सय, दिव्य चन्दबाट १२ हजार १ सय २०, कलाकार अरुणिमा लम्सालबाट १२ हजार १ सय २०, कलाकार दिलीप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार १ सय २० रुपैंयाँ सहयोग भएको छ ।

त्यस्तै कलाकार रञ्जना शर्माबाट १२ हजार १ सय २०, कलाकार मुकेश आचार्यबाट १२ हजार १ सय २०, सुरेश श्रेष्ठबाट १२ हजार १ सय २०, कलाकार राधा शर्मा (भावु)बाट ६ हजार १ सय २०, भेष पोखरेलबाट ६ हजार १ सय २०, अमेरिका न्युजर्सी निवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार १ सय २० सहयोग प्राप्त भएको छ ।

त्यसैगरी अमेरिका बोस्टन निवासी संचिता थापाबाट २४ हजार १ सय २०, सदिक्षा अधिकारीबाट ७ हजार २ सय, अमेरिका न्युयोर्कवासी डा. रबिन राईबाट १२ हजार १ सय २० गरी ३ लाख १६ हजार ५ सय ६० रुपैयाँ सहयोग भएको छ । यस्तै अभिनेता पल शाहले पनि १ लाख १ सय १ रुपैयाँ घोषणा गरेका छन् ।

कोषले समस्यामा रहेका फिल्मकर्मीलाई सहयोग गर्ने, औषधीउपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरन्त काजकिरिया सहयोग गर्ने लगायतमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : २० बजे

मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत प्रस्थान 

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण

व्यास नगरपालिकाद्वारा नकुहिने फोहर बेचेर १४ लाख आम्दानी

तनहुँ– व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) की सांसद विनिता

भोलिसम्म निष्कर्षमा पुग्नेगरि महासंघसँग चरणवद्ध वार्ता जारी छ : नेता महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

जलजलामा गाई संरक्षण अभियान, गोबर र गहुँतबाट आम्दानी

पर्वत–जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको