रसुवागढी र सान्जेनको सेयर बाँडफाँड « Khabarhub

रसुवागढी र सान्जेनको सेयर बाँडफाँड


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको पनि साधारण सेयर बाँडफाँड गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच दुवै जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरिएको हो ।

जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तरगत खुलाइएको रसुवागढीको सेयरमा सर्वसाधारणले ५० कित्तासम्म सेयर पाउनु भएको छ भने सान्जेनको २० कित्ता भागबण्डामा परेको छ ।

गत बैशाख ६ गते आवेदन खुला गरिएकोमा रसुवागढीका लागि ३ लाख २ हजार ३४३ जना आवेदकबाट १ करोड ७१ लाख ७ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको थियो । उर्जामन्त्री पुनले सो सेयरमा परेको आवेदनबाट जनता जलविद्युतमा लगानी गर्न उत्साही भएको पाइएको पनि स्पष्ट पारे ।

उनले दुर दराजमा रहेका जनतालाई पनि सो कार्यक्रममा सहभागी गराउन प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

रसुवागढी जलविद्युत आयोजना रसुवाको गोसाईकुण्ड गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको छ । १ सय ११ मेघावाट क्षमताको सो आयोजनाको कूल अनुमानित लागत १६ अरव ७८ करोड रहेको छ । त्यसै गरी सान्जेन पनि रसुवा जिल्लामै पर्ने ४२ मेघावाट क्षमताको जलविद्युत आयोजना हो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : २५ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन