आफ्ना नागरिकलाई तत्काल भारत छोड्न अमेरिकाको अपिल « Khabarhub

आफ्ना नागरिकलाई तत्काल भारत छोड्न अमेरिकाको अपिल


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— अमेरिकाले आफ्ना नागरिकलाई तत्काल भारत छोड्न भनेको छ ।

भारतमा तीव्र रुपमा कोरोना भाइरस संक्रमण फैलिँदै गएको भन्दै अमेरिकाले एक एड्भाइजरी जारी गरेको हो ।

भारतमा कोरोना महामारीको संकट गम्भीर अवस्थामा पुगेको र स्वास्थ्य उपचारको सेवा समेत प्रभावकारी बन्न नसकेको अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनासँग लड्नका लागि भारतलाई थुप्रै किसिमको सहयोग गर्ने घोषणा पनि गरेका छन् । यद्यपि, अमेरिकाले आफ्ना नागरिकका लागि यस किसिमको एड्भाइजरी जारी गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले स्वास्थ्य सतर्कता सम्बन्धी सूचना जारी गर्दै भारतमा कोरोनाको नयाँ भेरिएन्ट तथा यसबाट भइरहेको मृत्युको तथ्यांकले हरेक दिन रकर्ड तोडेको र परीक्षणको सुविधा पनि सीमित रहेको जनाएको छ ।

एड्भाइजरीमा भनिएको छ, ‘कोभिडको बढ्दो संक्रमणका कारण स्वास्थ्य सुविधा नाजुक अवस्थामा पुगेको छ । त्यसैले अमेरिकी नागरिक भारतबाट आउने हवाइ उडानमार्फत सिधैँ स्वदेश फर्किनू ।’

सिधैँ उडानमार्फत अमेरिका फर्किन भन्दै अमेरिकाले पेरिस र फ्रान्कफ्रुट हुँदै पनि फर्किन सकिने जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ३ : ३० बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै