‘एउटै तस्वीर’मा फरक उमेरको प्रेम | Khabarhub Khabarhub

‘एउटै तस्वीर’मा फरक उमेरको प्रेम


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘एउटै तस्वीर’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा दीपेन्द्र के थापाको शब्द र हरी लम्सालको संगीत छ । गीतको अडियो र भिडियो मानसराज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा सञ्चारकर्मी, अभिनेता तथा निर्देशक दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भीम विष्ट र मोडल पुनम गौतम फिचर्ड छन् । भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन उमेर समूहका पुरुषहरुलाई देखाइएको छ ।

सञ्चारकर्मी डिसी हाल कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम तथा कान्तिपुर सिनेप्लेक्स टिभिका स्टेशन हेड हुन् । यस भिडियोका अभिनेता मानसको ‘भाइरल भैदियो’ बोलको गीत चर्चित बनेको थियो भने अर्को गीत ‘हिरो– भाईरल भैदियो २’ लाई पनि लाखौंले हेरेका छन् । गायक भीमका गीतहरु ‘मिनरल वाटर’ तथा ‘चम्चा पिलेट’ चर्चित छन् ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् । भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन तथा कलर ग्रेडिंग शिलन लम्सालको रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : ०१ बजे

ऋणमा डुबेकी पार्वती एकाएक करोडपति बनेपछि…

काठमाडौं– यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ

पत्रकारको सुरक्षामा राज्यको भूमिका आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा

‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ’

काठमाडौं– नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी

प्रधानमन्त्री समक्ष १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न १३