सेनाको पृतना खारेज, कमाण्ड अवधारणा लागू | Khabarhub Khabarhub

सेनाको पृतना खारेज, कमाण्ड अवधारणा लागू


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले पृतना संरचना खारेज गरेको छ । पृतना संरचना खारेज गरेसँगै नेपाले अब कमाण्ड अवधारणा अघि बढाएको छ ।

सेनाले आठ पृतनालाई खारेज गर्दै चार वटा कमाण्ड अवधारणा लागू गरेको हो । सेनाको हाल रहेको संरचना प्रशासनिक ढंगको भएको भन्दै कमाण्ड अवधारणाले सैनिक आवश्यकतालाई परिपुर्ति गर्ने जनाएको छ ।

कमाण्ड संरचनामा गएको नेपाली सेनाले चारै कमाण्डमा नयाँ कमाण्डर तोकेको छ । जसअनुसार उपत्यका कमाण्ड हेडक्वार्टरमा उपरथी अशोकराज सिग्देल,पश्चिम कमाण्ड हेडक्वार्टरको कमाण्डरमा उपरथी विज्ञानदेव पाण्डे, मध्य कमाण्ड हेड्क्वार्टरको कमाण्डरमा उपरथी विनयविक्रम राणा र उपरथी सन्तोषकुमार ढकालले पूर्वी कमाण्ड हेडक्वार्टरको कमाण्डरको जिम्मेवारी पाएका छन् ।

यसअघि सिग्देल हेटौडा, पाण्डे सुर्खेत, राणा पोखरा र ढकाल इटहरीमा पृतनापतिको रुपमा कार्यरत थिए ।

नेपाली सेनाभित्र सबैभन्दा शक्तिशाली विभाग भनेर चिनिने सैनिक सचिव विभागलाई समेत सेनाले परिस्कृत गरेको छ । यसअघि सहायकरथी प्रमुख हुने उक्त विभागमा उपरथीको दरबन्दी कायम गरिएको छ । सैनिक सचिव पदम बहादुर सिंहको ठाउँमा कार्यरथी विभागमा कार्यरत उपरथी वालकृष्ण कार्कीले सैनिक सचिवको जिम्मेवारी पाएका छन् ।

सेनाको अनुसन्धान र विस्तार निर्देशनालयमा यसअघि सहायक रथीले नेतृत्व गर्दै आएकोमा अबदेखि उपरथीले नेतृत्व गर्ने भएका छन्।

सुदुरपश्चिम पृतनाका पृतनापति रहेका उपरथी निर्मलकुमार थापालाई उक्त विभागको जिम्मेवारी दिइएको छ । उनले यसअघि सैनिक सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

त्यसैगरी सेनाको कल्याणकारी योजना निर्देशनालयको प्रमुखमा पनि उपरथीलाई जिम्मेवारी दिइएको छ । यसअघि सहायकरथी प्रमुख रहने उक्त निर्देशनालयको प्रमुखको जिम्मेवारी उपत्यका पृतनाका पृतनापति रहेका उपरथी आनन्दकुमार अधिकारीले पाएका छन् । मध्यपूर्वी पृतनापति उपरथी सुरेशकुमार कार्की कार्यरथी विभागमा सरुवा भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण

चितवन कारागारमा १५० बढी दीर्घरोगी

चितवन– चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ ।

हल्याण्डको सय गोलको कीर्तिमान : बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं – एर्लिङ हल्याण्डले कीर्तिमान कायम राखे पनि म्यानचेस्टर सिटीको

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

काठमाडौं– घरजग्गा कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड

युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको युद्ध विरामको योजनालाई