गायक प्रकाश सपुतलाई कोरोना संक्रमण « Khabarhub

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

प्रकाशले काठमाडौं मेडिकल कलेजमा गराएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको उल्लेख गरेका छन् ।

‘अन्ततः काठमाण्डौ मेडिकल कलेज(केएमसी) का अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’ उनले लेखेका छन् ।

उनले आफू होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्थामा सामान्य रहेको उल्लेख गरेका छन् ।

‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं, तर यसलाई सामान्य भने नठानौं । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ! आसा राखौ यो महामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौ । स्टे सेफ !’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १ : ४६ बजे

गर्मी बिदामा पनि सक्रिय पढाइ, विद्यार्थीको घर–घरमा पुग्दै शिक्षक

चितवन- अत्यधिक गर्मीका कारण विद्यालय बन्द भए पनि नेपाल पुलिस

हिरासतमै बित्न लाग्यो दीपक भट्ट र शुलभ अग्रवालको तीन महिना, फेरि थपियो म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी

चित्रपुरमा आँप महोत्सव : आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर– धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो

हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स छनोट

काठमाडौं- कुशल भुर्तेलको अर्धशतकीय पारी मद्दतमा नेपालले एसियन गेम्स क्रिकेट