कोरोना संक्रमणविरुद्ध चेतना फैलाउन झापामा सेना परिचालन « Khabarhub

कोरोना संक्रमणविरुद्ध चेतना फैलाउन झापामा सेना परिचालन


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोभिड–१९ को संक्रमणविरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानीय तहमा नेपाली सेनाको टोली परिचालन गरिएको छ।

मेचीनगर र भद्रपुर नगरलिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए। गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो।

होल्डिङ सेन्टर बनाउन सुरु

नेपाली सेनाले पूर्वी नाका काँकडभिट्टामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ। श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेल मैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माण सुरु गरेको हो।

पहिलो दिन खेलमैदानको आधा भाग ओगट्ने गरी रेखांकन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ। यहाँ एक हजार क्षमताको होल्डिङ सेन्टर बन्न लागेको हो ।

सीमामा सशस्त्रको ४४ वटा फरवार्ड पोस्ट

यसैबीच झापामा भारतसँगको १४४ दशमलब दुई किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको जनाएको छ। सशस्त्र प्रहरी बल २ नम्बर गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए। यसपटक ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन्।

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको उनले बताए। झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन्। सशस्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ ।

आइतबारदेखि निषेधाज्ञा

कोभिड–१९ को बढ्दो संक्रमण रोक्न झापामा आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गरेका आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घरबाहिर निस्कन नपाइने उल्लेख छ।

आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ। निषेधाज्ञा आइतबार राति १२ बजेबाट सुरु हुने र वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ। सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ।

निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ। रासस

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ११ : ३० बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६