कारसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

कारसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमा सवार नवलपरासीका ३३ वर्षीया ज्योति अर्याल घाइते भएकी छन् । घाइते अर्यालको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ४२ बजे

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी– युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा

हुलाक सेवासँगै व्यापार गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

मोरङ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक