नेपालसंग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुग्यो « Khabarhub

नेपालसंग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुग्यो


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत अमृत राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच शुक्रवार दुई देशको बीचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् । नेपालले डोमिनिकासंग कूटनीतिक सम्बन्ध स्थापित गरेसंगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ ।

न्युयोर्कस्थित नेपाली नियोगले शुक्रवार जारी गरेको विज्ञप्तीमा उक्त समझदारीपछि दुवै मुलुकका राजदूतले राष्ट्रसंघका महासचिवलाई संयुक्त पत्रमार्फत कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएको उल्लेख गरेको छ ।

राजदूत राई र बनानिसबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि द्विपक्षीय सम्बन्धलाई विस्तार गर्ने र पारस्परिक हितका लागि काम गर्ने सहमती भएको न्यूयोर्कस्थित नेपाली मिसनले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ०० बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर