शंकर पोखरेललाई नै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय « Khabarhub

शंकर पोखरेललाई नै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय



बुटबल– नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन: शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुन: मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिने ढकालले बताए । उनले भने, ‘मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीको विषयमा सल्लाह हुँदैछ ।’

लुम्बिनी प्रदेशमा ८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । जसमा नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

सबैभन्दा ठूलो दलको नेता भएका हैसियतले पोखरेल नै मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था छ ।

नेकपा एमालेको यो निर्णयसँगै लुम्बिनी प्रदेशमा आजै शंकर पोखरेल मुख्यमन्त्री नियुक्त हुनेछन् र आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।

मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएका थिए । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष बुझाएको राजीनामा आजै स्वीकृत भएको थियो ।

आजै प्रदेशसभाको विशेष अधिवशेनमा पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबल हुने तयारी हुँदा उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश गर्ने शनिबारको कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ११ : २६ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने