लुम्बिनीको विशेष अधिवेशन बैठक बस्दै नबसी अन्त्य | Khabarhub Khabarhub

लुम्बिनीको विशेष अधिवेशन बैठक बस्दै नबसी अन्त्य


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – आजदेखि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक बस्दै नबसी अन्त्य भएको छ ।

अधिवेशन शुरू हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री पोखरेलको सिफारिसमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्रमा उल्लेख छ । प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको जानकारी दिएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनीमा पुनः पोखरेलकै नेतृत्वमा संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउन जुटेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : १७ बजे

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले

नेपाललाई अमेरिकाले दियो २६३ रनको विशाल चुनौती

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार भइरहेको खेलमा

दुई मन्त्रीले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र