एकैदिन थपिए ७ हजार २११ संक्रमित, २४ घण्टामा २७ जनाको मृत्यु | Khabarhub Khabarhub

एकैदिन थपिए ७ हजार २११ संक्रमित, २४ घण्टामा २७ जनाको मृत्यु


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५ हजार ७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : ४५ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क