उपत्यकामा आजदेखि एक हजार शय्या थपियो | Khabarhub Khabarhub

उपत्यकामा आजदेखि एक हजार शय्या थपियो


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिए । शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार २११ सङ्क्रमित थप भएको र २७ जनाको निधन भएको छ ।

उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा अधिकारीले काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००/४०० दरका एक हजार २०० शय्या चाँडै बन्ने बताए ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००– ५०० र जनमैत्री अस्पतालमा १२० शय्या बन्नेछन् ।

उनले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शय्या छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ०१ बजे

पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान

काठमाडौं– जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद

सुनचाँदीको मूल्य बढ्यो, आजको कारोबार कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

तनहुँ जलविद्युत : आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट

डाउनसिण्ड्रोम सन्तानबाट चिकित्सक जोडीले सिकेको ज्ञान-‘राम्रो परिवेशमा आत्मनिर्भर सम्भव छ’

चिकित्सक जोडीकै सन्तान डाउनसिण्ड्रोम। कसरी भयो यस्तो ? छोरो आशिष

डच भाषाशास्त्री जर्ज भान ड्रिमको ‘अ ग्रामर अफ लिम्बू’ विमोचन

तेह्रथुम– डच भाषाशास्त्री हल्यान्ड निवासी जर्ज भान ड्रिमद्वारा लिखित ‘अ