तीन बालकको शव फेला परेको घटनाबारे निष्पक्ष छानविन गर्न दलित आयोगको माग « Khabarhub

तीन बालकको शव फेला परेको घटनाबारे निष्पक्ष छानविन गर्न दलित आयोगको माग


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दाङमा भारतीय कारभित्र दलित समुदायका ३ बालकको शव फेला परेको घटनाप्रति राष्ट्रिय दलित आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार बेलुका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको गाडीभित्र दलित सुमदायका ३ बालकको शव फेला परेको थियो । उक्त शव तुल्सीपुर वडा नम्बर ६ बरुवागाउँका दलित समुदायका बालक ६ वर्षका करण परियार, ७ वर्षका सुवर्ण परियार र ९ वर्षका सन्दिप परियारको भएको खुलेको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै सिँगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबीन गर्न, सत्य तथ्यको सार्वजनिकीकरण गर्न तथा दोषीमाथि कडा कानूनी कारवाही गर्न पनि आयोगले सम्बन्धित निकाय र सरकासँग माग गरेको आयोगका सदस्य मीनादेवी सोवले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सडकमा पार्किङ गरेर राखिएको कार भित्र नग्न तथा अर्धनग्न अवस्थामा शव भेटिएको सूचना तथा समाचारले गम्भिर आंशका सिर्जना भएको पनि आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ३० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा