लुम्बिनी प्रदेश सत्तामा उतार–चढाबको एक दिन | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश सत्तामा उतार–चढाबको एक दिन



वुटवल– लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा आइतबार बिहानै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा आएसँगै शुरू भएको राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ ।

छिनछिनमा भइरहेको राजनीतिक परिवर्तनको जोड घटाउले मुख्यमन्त्री पोखरेलको नयाँ सत्ता पनि संकटमा परेको छ ।

नेकपा एमालेको एकल बहुमत दाबी गरेर मुख्यमन्त्री नियुक्त पोखरेल व्यावहारिकरूपले अल्पमतमा देखिएका छन् ।

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख धर्मनाथ यादवले फेरि नेकपा एमालेको एकल बहुमतको दलको संसदीय दलको नेताको हैसियतमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेपछि राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा भएको छ ।

प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा पोखरेललाई आइतबार दिउँसो नियुक्त गरेर शपथ गराएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख यादवलाई बुझाउँदै सरकार गठनको दाबी दाबी प्रस्तुत गरेको छ । हस्ताक्षर गर्ने ४२ जना सांसद धर्नामा बसेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको तर्फबाट माओवादी केन्द्रको संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी प्रस्तुत गरेका छन् ।

सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री पोखरेलको साथ छोडेपछि लुम्बिनीमा नेकपा एमालेको नयाँ सरकार धर्मराएको छ ।

साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले आइतबार नै पत्रकार सम्मेलन गर्दै आफू नेकपा माओवादीमा रहेको बताएपछि पोखरेलको सरकारको संकटमा थप चुलिएको छ ।

आइतबार बिहानदेखि साँझसम्म छिनछिनमा परिवर्तन भइरहेको लुम्बिनी प्रदेशको सत्ता राजनीति अब कुन दिशामा र कसरी अघि बढ्ने हो र प्रदेश सरकारको नेतृत्व कसको हुने भन्ने अनिश्चित बनेको छ ।

आइतबार प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने भएपछि नेकपा एमालेको एकल बहुमत हुने हिसाबमा पुनः नियुक्त हुने गरी मुख्यमन्त्री पोखरेलले राजीनामा गरेका थिए ।

अविश्वास प्रस्ताव सामाना गर्दा असफल हुन सक्ने भएकाले उनले राजीनाबाटो छड्के बाटो रोजेका थिए । नभन्दै ४२ जनाको हस्तक्षर बुझाएर उनी पुनः नियुक्त भए ।

हाल कायम ८१ जना सांसद रहेको प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा माओवादी नेतृत्वको समूहले ४२ जनाको हस्ताक्षरसहित सरकार गठनको दाबी गरेपछि मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् ।

आइतबारको राजनीतिक सरगर्मी बीच तीन सांसदले नेकपा एमालेको साथ छाडेका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर २(१) का सांसद दृगनारायण पाण्डेयले जनताको बीचमा जानै नसक्ने अवस्था आएकाले सांसद पदबाटै राजीनामा दिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा आइतबार बिहान सहभागी भएका पाण्डेयले एमाले पार्टी र सांसद पदबाट राजीनामा दिएको जनाएका छन् ।

अब मुख्यमन्त्री पोखरेललाई अपदस्थ गर्न विपक्षीहरूले अविश्वास प्रस्तावको बाटो समाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले