जब शाहरुखले सुनाए पत्नी गौरीसँगको 'हनिमुन' किस्सा | Khabarhub Khabarhub

जब शाहरुखले सुनाए पत्नी गौरीसँगको ‘हनिमुन’ किस्सा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शाहरुख खान आज पनि बलिउड सुपरस्टार हुन् । उनलाई यो स्टेजमा पुग्न थोरै मेहनतले पुगेको थिएन । एउटा यस्तो पनि समय थियो, शाहरुख खानले मुम्बईको रेल्वे स्टेशनमा रात बिताउनुपरेको थियो । उनीसँग होटलमा गएर सुत्नका लागि पैसा थिएन ।

यो त्यतिबेलाको समय हो, जतिबेला शाहरुख खान गौरी खानको प्रेममा पागल थिए । उनीहरुले बिहे गरे । तर, गौरीका पिताले भने यो सम्बन्धलाई मानिरहेका थिएनन् । जसकारण शाहरुखले चुपचाप गौरीलाई एक आफन्तको घरमा राखेर निस्किए र मुम्बईको रेल्वेमा रात काटे ।

त्यो समयमा शाहरुख आफ्नी पत्नीलाई हनिमूनका लागि कतै लैजाने अवस्थामा पनि थिएनन् । पछि शाहरुखले गौरीलाई हनिमूनलाई लिएर मूर्ख बनाए ।

शाहरुख खानले गौरीलाई भनेका थिए कि, हनिमूनका लागि आफूहरु पेरिस जानेछन् । एक अवार्ड कार्यक्रममा बोल्दै गर्दा शाहरुखले त्यतिबेला गौरीलाई पेरिस लगेर आइफेल टावर देखाउने भनेर वाचा गरेको खुलाए ।

तर, त्यो समय शाहरुख खानसँग न पैसा थियो, न टिकट थियो । र पनि शाहरुखले गौरीलाई मनाएका थिए । जब शाहरुख आफ्नो फिल्म ‘राज बन गया जेन्टलमेन’ को एक गीतको शूटिङमा दार्जिलिङ पुगे, त्यतिबेला शाहरुखलाई गौरी कहिल्यै विदेश घुम्न नगएको भन्ने लाग्यो ।

त्यसपछि शाहरुखले गौरीलाई पेरिस भनेर दार्जिलिङ लगे । र, उतै हनिमुन मनाए । अहिले भने शाहरुख आर्थिक रुपमा पनि निकै सबल बनेका छन् । उनका लाखौ‌ं फ्यान छन् ।

बरु पछिल्लो समय शाहरुखले फिल्ममा अभिनय गर्नमा खासै चासो देखाएका छैनन् । यसअघि उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म फ्लप भएपछि उनले नयाँ फिल्म साइन गरेका छैनन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : २० बजे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा