गायिका ईश्वरी बरालको 'खानदानी छोरी' सार्वजनिक | Khabarhub Khabarhub

गायिका ईश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक भएको छ।

गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् ।

चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ । म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ । इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो ।

भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । गायिका बरालको यसअघि सार्वजनिक भएको ‘नरिसाउन होइ’ गीत चर्चामा छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : ४० बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि