पोखरेललाई मुख्यमन्त्री पदबाट ‘खारेज’ गरेको चार दलको घोषणा « Khabarhub

पोखरेललाई मुख्यमन्त्री पदबाट ‘खारेज’ गरेको चार दलको घोषणा



बुटवल— लुम्बिनी प्रदेशका चार विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट ‘खारेज’ गरेको घोषणा गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), र राष्ट्रिय जनमोर्चाको गठबन्धले बुटवलमा संयुक्त पत्रकार सम्मेलन गरी नेकपा एमालेका नेता पोखरेलले किर्ते गरेर बहुमत पु¥याएको आरोप लगाउँदै उनलाई मुख्यमन्त्री पदबाट खारेज गरेको जनाएको हो ।

गठबन्धनले अहिलेको सरकार अवैधानिक ठहर गरी प्रदेशभरि बहिष्कार गर्न आम जनसमुदायमा अपिल पनि गरेको छ ।

पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गरी शपथग्रहण गराउने प्रक्रिया असंवैधानिक भएको गठबन्धनको ठहर छ । गठबन्धनले संविधानअनुसार प्रदेशसभामा टेबुल गर्न बाँकी रहेको अविश्वासको प्रस्ताव अघि बढाउन विषेश अधिवेशनको माग पनि गरेको छ ।

आज चार दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गरेर गठबन्धनले बहुमत सदस्यहरू माथि प्रहरी दमन गरी अल्पमतलाई मुख्यमन्त्री कार्यालयमै पुगेर प्रदेश प्रमुखले शपथ गराएको आरोप लगाएको छ ।

संविधान विपरीत मुख्मन्त्री पदमा नियुक्त गरेर लोकतन्त्रको धज्जी उडाउँदै निरंकुश शासनको चरित्र प्रदर्शन गरेको गठबन्धनको आरोप छ । गठबन्धनले घटनाको भर्त्सना पनि गरेको छ ।

गठबन्धनले गैरकानूनी, असंवैधानिक र स्वेच्छाचारी कदम चालेको आरोपमा प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न पनि माग गरेको छ ।

गठबन्धनले नेकपा एमालेले सांसद विमलाकुमारी खत्रीको हस्ताक्षर किर्ते गरेको आरोप पनि लगाएको छ ।

मुख्यमन्त्रीको असंवैधानिक नियुक्त र शपथग्रहण रोक्न प्रदेश प्रमुखको कार्यालयअगाडि शान्तिपूर्ण विरोधमा रहेका महिला सांसदमाथि प्रहरीले संवेदनशील अङ्गहरूमा समेत हातपात गरेको आरोप लगाउँदै गठबन्धनले दोषिमाथि कानूनी कारबाहीको माग राखेको छ ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले एमाले नेता शंकर पोखरेल किर्ते हस्ताक्षर देखाएर मुख्यमन्त्री बनेको आरोप लगाए ।

पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार भेन्टिलेटरमा रहेको टिप्पणी गरे ।

कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनोडियाले संविधान विपरीत प्रदेश प्रमुखले काम गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरे ।

पोखरेलले अराजनीतिक तरिकाले मुख्यमन्त्री पदको शपथ लिएर प्रजातन्त्रको इतिहासमा कालो टीका लगाएको टिप्पणी गरे ।

संसद छल्न पोखरेलले राजीनामाको नाटक गरेको कनोडियाको आरोप थियो । उनले आफूहरूको गठबन्धनमा ४२ जना सांसद रहेको दाबी गरे ।

गठबन्धनले नेकपा एमाले परित्याग गरेका भनिएका सांसद दृगनारायण पाण्डेयलाई राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : २२ बजे

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा