भक्तपुरमा सुत्केरी सेक्ने क्रममा निसास्सीएर एकजनाको « Khabarhub

भक्तपुरमा सुत्केरी सेक्ने क्रममा निसास्सीएर एकजनाको


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सुर्यविनायक नगरपालिकामा सुत्केरी सेक्ने क्रममा निसास्सिएर एकजनाको मृत्यु भएको छ । दुईजना बिरामी भएका छन् ।

प्रहरीका अनुसार सुर्यविनायक नागरपालिकास्थित आफ्नै डेरामा तीन जना अचेत अवस्थामा फेला परेका थिए तीनमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको तिमाल घर भएका २२ वर्षीया सुनिता तामाङ छिन् भने १८ वर्षीया अनिता तामाङ र ४० वर्षीया आमा शान्तिमाया तामाङ गम्भीर बिरामी छन् । उनीहरुको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द गरिएको थियो । झ्याल ढोका फोडेर हेर्दा तीन जना अचेत अवस्थामा भेटिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

कोठामा सुत्केरी सेक्नका लागि कोइला बालेकाले उनीहरूको निसासिएर घटना भएको हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  २ : २० बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ