संक्रमितका घरमै अक्सिजन पुर्‍याउँदै बुटवल उपमहानगर | Khabarhub Khabarhub

संक्रमितका घरमै अक्सिजन पुर्‍याउँदै बुटवल उपमहानगर


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितहरूका लागि निःशुल्क अक्सिजन सेवा शुरू गरेको छ । यसका लागि अक्सिजन सेवा बैंक स्थापना गरिएको छ ।

उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा घरमै आइसोलेसनमा रहेका संक्रमितहरूलाई स्वासप्रश्वासमा समस्या भए तत्काल स्वास्थ्यकर्मीको टोली अक्सिजन लिएर पुग्ने जनाइएको छ ।

मङ्गलबार एक संक्षिप्त कार्यक्रममा प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंक शुभारम्भ गरे । उनले उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको र सूचना आउँदा साथ परिचालन हुने बताए ।

संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधिहरू संक्रमितहरूका घरमा पुग्दा अक्सिजनको माग भएको थियो ।

अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण बुटवलमा संक्रमितको ज्यान गएपछि उपमहानगरले घरमै सेवा पुर्‍याउने व्यवस्था गरेको हो ।

होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, आयुर्वेद ओखती वितरणसहित अक्सिजन तयार रािखएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधि पुर्‍याइउने व्यवस्था पनि गरिएको छ ।

उपमहानगरले उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरूलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ । होम आइसोलेसनमा बसेकाहरूले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन पनि उपमहानगरले अपिल गरेको छ ।

उपमहानगरले संक्रमितको परिवार तथा समुदायमा कन्ट्याक ट्रेसिङ गर्ने र लक्षण देखिए निःशुल्क परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ । संक्रमितहरूका लागि सवारी साधन चाहिएमा त्त्काल उपलव्ध प्रवक्ता रामप्रसाद रेग्मीले बताए । सहजीकरणका लागि फोकल पर्सन पनि तोकिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ४२ बजे

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच