७९५ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत, कुन प्रदेशमा कति ? « Khabarhub

७९५ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत, कुन प्रदेशमा कति ?


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ७९५ जना स‌क्रमितको उपचार भइरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १७९ जना संक्रमित भेन्टिलेटरमा र ६१६ जना आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ९३ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा रहेका छन् । यसैगरी  प्रदेश २ मा हाल आईसीयूमा २४ र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा ३२५ जना आईसीयूमा र १२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ४४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३२ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचार रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै तथा सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ०४ बजे

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन– उन्नत जातका धान उत्पादनमा किसानहरूको आकर्षण बढेको छ ।

पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह

काठमाडौं– विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता भएको भनेर

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक