माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने (भिडियोसहित) « Khabarhub

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने (भिडियोसहित)


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने नेता गुरुङले जानकारी दिए ।

‘आज बैठक ढिला सकिएकाले समर्थन फिर्ताको जानकारी पत्र बुधबार संसद् सचिवालयमा दिनेछौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर