प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय (भिडियोसहित)


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र फेल गराउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरिसकेको अवस्थामा त्यसलाई फेल गराउने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकबारे जानकारी गराउँदै कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘विश्वासको मतका लागि भनेर संसद बोलाउने जुन काम भएको छ । ओलीजीलाई विश्वाको मतमा फेल गराउने निर्णय भएको छ ।’

प्रधानमन्त्रीले विश्वासको मत नपाइसकेको अवस्थामा वैकल्पिक सरकार गठनका लागि समेत पहल गर्ने निर्णय गरेको उनले बताए ।

उनले कांग्रेसले यसअघि नै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको अवस्थामा संसदमा विश्वासको मत फेल भइसकेपछि वैकल्पिक सरकारका बारेमा छलफल शुरु गर्ने बताए ।

हेरौँ भिडियो

उनले भने,‘विश्वासको मतमा फेल भएको अवस्था विकल्पको सरकारका लागि के गर्ने भन्ने विषयमा हामीले छलफल शुरु गर्छौं ।’

कांग्रेसले सरकारले दोस्रोपटक अध्यादेश जारी गर्ने निर्णयको समेत विरोध गरेको छ । सहमहामन्त्री महतले भने,‘अहिले अध्यादेश मार्फत संवैधानिक आयोगहरुमा नियुक्त गर्ने कामको भर्त्सना गरेका छौं । संसदलाई पटक-पटक छल्ने कुरा पार्टीले भर्त्सना गरेको छ ।’

कांग्रेसले कोरोना महामारीले भयावह रुप लिइरहेको अवस्थामा नागरिकले उपचार नपाउने, अक्सिसनको कमी, आईसीयू कमी लगायतका तमाम विषयमा पार्टीले आफ्नो तहबाट पनि काम गर्ने र सरकारको ध्यनाकर्षण गराउने निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने,‘ कोभिडको सन्दर्भमा कुरोले मात्रै होइन, सरकारले कामले गरोस् भनेर ध्यनाकर्षण गराउने निर्णय भयो ।’

आजको बैठकमा कांग्रेसको आगामी महाविधेशनका बारेमा समेत छलफल भएको उनले जानकारी दिए ।

पार्टीको महाविधेशन कोभिडको संक्रमण फैलिएको र निषेधाज्ञाको अवस्था रहेपनि समयमै सम्पन्न गर्नका लागि जिम्मेवारी पाएको निकायलाई काम जारी राख्न निर्देशन दिने र समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सहमहामन्त्री डाक्टर महतले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ३५ बजे

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला– जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट

इरानलाई ‘नर्क’ बनाउने ट्रम्पको चेतावनीबीच वार्ता : यस्तो छ युद्धविरामको तत्कालीन र दीर्घकालीन प्रस्ताव

तेहरान– अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व निर्णायक चरणमा प्रवेश गरेको

कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन

गलकोट– आफ्नै गतिमा बगेको कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन

उत्तरको आकाशमा ड्रोन उडेपछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा खेद प्रकट

काठमाडौं- आफ्नो मुलुकबाट उडेको चालकरहित हवाइ उपकरण (ड्रोन) उत्तर कोरियाली

पाल्पामा बारी जोत्ने ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रामपर-३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना