गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा « Khabarhub

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गर्भावस्था महिलाकालागि केही कष्टकर र चुनौतीपुर्ण हुन्छ । हरेक महिलाकालागि सुन्दर पल मानिएपनि यो अवस्थाको असहजताका कारण कार्यालयमा काम गर्ने महिलाहरुमा सदैव एउटा द्विविधा रहने गर्दछ, गर्भावस्थामा काममा जान हुन्छ कि हुदैँन ?

गर्भवती हुँदैमा कार्यालयमा काम गर्ने महिलाहरु आत्तिनुपर्ने वा चिन्ता गर्नु पर्दैन । तथापी यसमा केही ख्याल भने गर्नुपर्ने हुन्छ ।

१. गर्भ रहेको पहिलो ३ महिना निकै सचेत हुनु पर्दछ ।
२. यो अवस्थामा गार्‍हो हुने तथा अप्ठ्यारो हुने कुनै पनि काम गर्नु हुदैँन ।
३. गर्भावस्थामा गह्रंगो भारी बोक्नु हुदैन ।
४. यो बेला बस वा मोटरसाइकलमा लामो यात्रा गर्नु हुदैँन ।
५. यो अवस्थामा अलि बढी आरामको आवश्यकता पर्दछ, त्यसैले पर्याप्त आराम गर्नुपर्दछ ।
६. यो अवस्थामा गर्भवती महिलाले भुलेर पनि धूममान तथा मद्यपान सेवन गर्नु हुदैँन ।
७. सुत्दा आरामदायी ओच्छ्यान हुनु पर्दछ भने पेट थिचिनबाट सावधानी अपनाउनुपर्छ ।
८. यो अवस्थामा खानामा रुचि कम हुने भएकाले थोरै थोरै गरेर धेरै पटक खानुपर्छ ।
९. यो बेला शरीरमा पर्याप्त पानी चाहिन्छ, त्यसैले पानी तथा झोल कुरा सेवन गर्नुपर्छ ।
१०. स्वास्थ्य ठीक छ भने गर्भवती महिलाले घरको साधारण काम गर्नु राम्रो हुन्छ ।
११. यस्तो अवस्थामा कार्यालयको सामान्य काम गर्न मिल्दछ ।
१२. कार्यालयमा बस्ने कुर्सी आरामदायी हुनु पर्दछ, धेरै सिढी तलमाथि गर्नु हुदैन ।
१३. कार्यालयको कामको चाप लगायतका बिषयमा चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।
१४. अन्य समस्या भएमा समयमै प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु पर्दछ ।
१५. साथै अन्तिमको ३ महिना केही जोखिम हुने हुदाँ थप सचेत बन्नु पर्दछ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ५२ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण