अक्सिजनको कमी भएपछि मदनकृष्ण अस्पताल भर्ना « Khabarhub

अक्सिजनको कमी भएपछि मदनकृष्ण अस्पताल भर्ना


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरमा अक्सिजनको मात्रा कम भएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् ।

परिवारका अनुसार गत वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएपछि घरमा नै आइसोलेसनमा बसिरहेका थिए ।

घरमा बसिरहँदा स्वास्थ्यमा समस्या आएपछि उनलाई गत वैशाख १० गते नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकले उनको छातीमा संक्रमण देखिएको जानकारी गराएका थिए ।

अस्पताल बसाई पछि गत वैशाख १७ गते घर फर्किएका मदनकृष्णलाई श्वास फेर्न समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।

उनको अक्सिजन लेभल ८५ आसपास पुगेको थियो। मदनको उपचारमा ‘रेमडेसिबिर’ औषधि चलाइएको छ।

मदनले पहिलो चरणको कोरोना भ्याक्सिन लगाइसकेका छन् । मदनकृष्णसहित परिवारको कोरोना रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ५० बजे

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब