कोरोना भाइरसविरुद्धको खोपमा पेटेन्ट राइट लगाउन नहुने अमेरिकी अडान « Khabarhub

कोरोना भाइरसविरुद्धको खोपमा पेटेन्ट राइट लगाउन नहुने अमेरिकी अडान


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा पेटेन्ट राइट लगाउन नहुने अडान लिएको छ ।

विश्व व्यापार संगठन (डब्ल्युटीओ) ले महामारी नियन्त्रणका लागि खोप उत्पादन बढाउन जरूरी रहेकाले बौद्धिक सम्पती सम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाइरहँदा अमेरिकी धारणा सार्वजनिक भएको हो ।

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएकोमा अमेरिकाले पनि बौद्धिक सम्पती सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायहरुको’ माग हुने बताएकी छन् । तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न डब्ल्युटीओ सदस्यहरुलाई समय लाग्ने सक्ने उनले बताएकी छन् ।

भारत र दक्षिण अफ्रिकाले ६ महिनादेखि खोपको पेटेन्ट राइट हटाएर मानव जीवन बचाउनु पर्ने माग गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनु पर्ने बताउँदै आएका छन् ।

खोपको पेटेन्ट अधिकारमा छुट दिईँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र एकै पटक महामारी नियन्त्रणमा लिन सकिने यसका पक्षधरहरुको भनाइ छ ।

पेटेन्ट राइट अधिकार अन्तर्गत खोप विकास गरेका कम्पनी तथा देशले  यसको ‘कम्पोजिसन’ गोप्य राखेका छन् । महामारीले संसार आक्रान्त हुँदा पनि व्यापारिक दृष्टिकोणबाटै प्रेरित भएको भन्दै त्यसको समेत आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : १५ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको