पिसाब पिउन आह्वान गर्दै हैरीले लेखे पुस्तक « Khabarhub

पिसाब पिउन आह्वान गर्दै हैरीले लेखे पुस्तक


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैनिक रेड वाइन पिउँदा स्वास्थ्यकालागि लाभदायक हुन्छ भन्ने सुन्नु भएको होला । यसले छालामा निखार आउँने र शरीरमा अन्य फाइदा मिल्ने धेरैको तर्क रहन्छ । तर आफ्नै पिसाब पिउँदा यसले लाभ गर्छ भन्ने सुन्नु भएको छ ?

विश्वमा एकजना यस्ता व्यक्ति छन्, जो स्वयम् आफ्नो पिसाब पिउने गर्दछन् । सुन्दै अचम्म लागे पनि यो सत्य हो । बेलायतको हैम्पशायरको फार्नबोरफ निवासी हैरी मेटाडीन नामक व्यक्ति दैनिक आफ्नै पिसाब पिउने गर्दछन् ।

हैरीको दाबी अनुसार यसरी पिसाब पिउँदा उनमा यसले राम्रो लाभ पुर्‍याएको छ । उनी पिसाब पिउँदा एन्टी–एजिंग गुणका कारण शरीर मोइस्चराइज हुने दाबा गर्छन् । ३३ बर्षीय हैरी दैनिक २ सय मिलिलिटर पिसाब पिउँछन् । जो केही साता वा एक महिना अघिको पिसाब हुने गर्दछ ।

हैरीलाई पिसाब पिउँदा शुरुवातमा स्वाद मन पर्दैन थियो । तर बिस्तारै उनलाई यसको स्वाद मन पर्न थाल्यो । उनका अनुसार पिसाब पिउन थालेपछि उनी अझ स्वस्थ, खुशी र स्मार्ट महसूस गर्दै आएका छन् । यसैको माध्यमले उनको डिप्रेसनसमेत निको भयो ।

हैरीले ’पावर अफ एज्ड यूरिन थैरपी’ माथि दुई पुस्तक लेखेका छन् । उनी यसलाई उपचार क्षमता मान्दै यसबारे अरुले जानकारी लिउन् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : ३० बजे

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ