अमेरिकी सांसद्ले भनिन् - चीन 'दुष्टता प्रदर्शन' गरिरहेको छ, बाइडेनले ताइवानप्रतिको समर्थन बढाउनपर्छ | Khabarhub Khabarhub

अमेरिकी सांसद्ले भनिन् – चीन ‘दुष्टता प्रदर्शन’ गरिरहेको छ, बाइडेनले ताइवानप्रतिको समर्थन बढाउनपर्छ


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंगटन– संयुक्त राज्य अमेरिकाका सांसद्हरुले चीन खराब अक्षको एक हिस्सा भएका कारण ताइवानप्रतिको समर्थनलाई बढाउनुपर्ने बताइरहेका छन् । अमेरिकाको टेनेसी राज्यकी सांसद् मार्शा ब्ल्याकबर्नले आइतबार चीनले राष्ट्रपति जो बाइडेन प्रशासनलाई आक्रामकरुपमा परीक्षण गरिरहेको उल्लेख गदै दुष्टता प्रदर्शन गरिरहेको बताएकी हुन् ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा ब्ल्याकबर्नले अमेरिकी पुस्ताले ताइवानको रक्षा गर्ने वाचा गरेको र अमेरिकाले ‘प्रजातन्त्रको पक्षमा उभिन र प्रजातन्त्रको रक्षा गर्ने’ भएका कारण चिनियाँ सर्वसत्तावादलाई परास्त गर्नुपर्ने बताएकी हुन् ।

‘यो संकेत हाम्रो सहयोगीहरूले इन्डो–प्यासिफिकमा मात्र बुझेका छैनन्, तर यसलाई उनीहरुले विश्वव्यापी रूपमा पनि बुझेका छन् । हाम्रा दुश्मनहरूले यो पनि बुझेका छन कि हामी प्रजातन्त्रका लागि ठोस र दृढ अडान लिनेछौँ,’ उनले भनिन् ।

रिपब्लिकन सिनेटरले बाइडेन प्रशासनले ताइवानलाई बढी समर्थन गरेको सन्देश पठाउनु पर्ने र चीनलाई यसको जवाफ दिनुपर्ने बताएकी छन् । अमेरिकाले चीनले विश्वव्यापीरुपमा बढाइरहेको आक्रमकतालाई रोक्न पहल गर्नुपर्नेसमेत ब्ल्याकबर्नले बताएकी छन् ।

‘चीनले दक्षिण चीन सागरमा कसरी विवाद सिर्जना गरिरहेको छ भने ताइवानमाथि धावा बोलिरहेको छ । हंगकंगमाथिको दमन, सिन्जियांगको नरसंहार, भारतसँगको सीमा विवादलगायतका विषयमा चीनले एकैपटक आक्रमण गरेर विश्व प्रजातन्त्र र स्वतन्त्रतालाई ध्वंश पार्न लागिरहेको छ,’ ब्ल्याकबर्नले फक्स न्यूजलाई भने ।

‘उनीहरूले चिनियाँ साम्राज्य निर्माण गर्ने कोशिस गरिरहेका छन्, जुन पुरानो सोभियत संघले गर्ने गरेको थियो । र चीन, रुस, इरान, उत्तर कोरियालगायतका मुलुकलाई आफ्नो प्रभावमा पार्न चीन लागिपरेको छ । यो चीनको दुष्टताको पराकाष्टा हो । यसलाई रोक्न अमेरिकाले विशेष ध्यान दिन आवश्यक छ ।

बेइजिंगले ताइवानमा पूर्ण सार्वभौमिकता दावी गरेको छ । मुख्य भूमि चीनको दक्षिणपूर्वी तटमा अवस्थित करिब २४ मिलियन जनताको प्रजातन्त्रलाई खोस्ने प्रयत्न चीनले गरिरहेको छ । यद्यपि दुबै पक्षले सात दशक भन्दा बढी समयदेखि अलगरुपमा शासन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १ : ०४ बजे

कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

काठमाडौं– अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन,

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

एजेन्सी– चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक

बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका

८५ प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाडौं– आज विश्व मानसिक स्वास्थ्य दिवस नेपाल लगायत विश्वभर विभिन्न