गायक प्रेमध्वज प्रधानको निधन « Khabarhub

गायक प्रेमध्वज प्रधानको निधन


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो । प्रधान ८३ वर्षका थिए ।

संगीतकार लक्ष्मण शेषले आफूलाई प्रेमध्वजकी श्रीमतिले उनको निधन भएको जानकारी दिएको बताए । ‘मलाई भाउजूले फोन गरेर उहाँको निधनको बारेमा जानकारी दिनुभएको छ । विस्तृत बुझ्न बाँकी छ’, उनले खबरहबसँग भने ।

छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।

गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : २४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा