‘मिस युनिभर्स’का लागि अमेरिका पुगिन् अंशिका « Khabarhub

‘मिस युनिभर्स’का लागि अमेरिका पुगिन् अंशिका


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिस युनिभर्स नेपाल, २०२०’की विजेता अंशिका शर्मा ‘मिस युनिभर्स’को ६९ औँ संस्करणमा सहभागिता जनाउन अमेरिका पुगेकी छिन् ।

यही मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन अंशिकासँगै ‘मिस युनिभर्स नेपाल’ कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् ।

विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि ‘मिस युनिभर्स’मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।

विश्व प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्र्याएकी नग्माले सन् २०१७ को ‘मिस युनिभर्स’मा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् ।

अंशिका देशलाई प्रतिनिधित्व गर्न पाउँदा दंग छिन् । उनले आफुसँगै आफ्नो टिमले सक्दो तयारी गरेको जनाइन ।

अंशिकाले प्रतियोगिताको पूर्वतयारीसँगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने बताइन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ४ : ०० बजे

लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

बागमती– प्रतिबन्धित लागूऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

त्रिशूली– ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा

विराटनगरविरुद्ध लुम्बिनीका ओपनर सर्टको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन थाले

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् ।

खेल १० ओभरमा पुग्दा विराटनगरविरुद्ध लुम्बिनीले जोड्यो ६९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको