तिलोत्तमाका जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग | Khabarhub Khabarhub

तिलोत्तमाका जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग



बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीहरुका लागि प्रयोगमा ल्याइएका छन् ।

संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्र पर्याप्त नभएपछि नगर प्रमुख र उपमुखले आफूहरुले चढ्दै आएका दुई वटा गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाएका हुन् ।

तिलोत्तमा नगरपालिकामा हाल आफ्नै मातहतमा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । नगर प्रमुख र उप—प्रमुखले चढ्ने दुई गाडी समेत गरी अब चार वटा सवारीसाधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् ।

छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको नगर प्रमुख घिमिरेले बताए ।

आज नगर प्रमुख र उप—प्रमुखले आफूले चढ्ने गाडीको चावी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उप—प्रमुख चौधरीले बताए ।

संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेसनमा नपुर्याउँदा समस्या बढ्दै गएको पाइएकोले यो निर्णय गरिएको नगर प्रमुख र उप—प्रमुखको भनाइ छ ।

नगर प्रमुखले प्रयोग गर्ने लु. १ झ. ३६० र उप—प्रमुखले प्रयोग गर्ने लु. १ झ. ३२६ नंबरको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन् । यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु. १ झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ । यी सवारीसाधनलाई समेत २४ सैं घण्टा सेवा प्रवाह गर्नेगरी तयारी अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारीसाधन स्वास्थ्य शाखामार्फत् परिचालित हुनेछन् ।

‘हामीले जनताकै काम गर्न जनताकै करले किनेका गाडी चढेका हौं । अहिले परिस्थिति असामान्य छ । कोरोनाका बिरामीलाई जोकोहीले बोक्न मान्दैनन् । यसैले जनताकै सम्पत्ति जनताकै सेवामा लगाउने निष्कर्षमा पुगेका हौं ।’ नगर प्रमुख घिमिरेले भने, ‘केही दिन हामी साईक नै चढेर हिँडे पनि फरक पर्दैन । सवारीसाधनको अभावमा समयमै अस्पताल वा आइसोलेसनमा पुर्‍याउन नपाउँदा कुनै नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’

यी सवारीसाधनले मूलतः नगरपालिका भित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेसन तथा अस्पताल वा आइसोलेसनबाट बिरामीको घरसम्म पुर्‍याउनेछन् । नगर प्रमुख र उप—प्रमुखका सवारीसाधन चलाउने चालक स्थानीय सडक सञ्जालसँग परिचित रहेकोले सेवा प्रवाह थप छिटो छरितो हुने जनाइएको छ ।

तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिनेगरी आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

यस्तै वडा नं. ९ मा रहेको सभाहलमा थप ६० बेडको आइसोलेसन गराउने गरी काम अघि बढाएको छ । यस्तै नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाहरुको शंकरनगरमा हरेक दिन एन्टिजिन परीक्षण गर्दै आएको छ । आइसोलेसनमा एक जना चिकित्सकसहित नर्सलगायतका स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ५७ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको