‘तस्वीर’ लिएर आइन् तारा « Khabarhub

‘तस्वीर’ लिएर आइन् तारा


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एलबम ‘तस्वीर’ लिएर आएकी छन् । यसअघि उनको ‘सपना’ र ‘सुनौलो तारा’ बजारमा आइसकेको छ ।

एलबम ‘तस्वीर’मा ‘गुलेलीमा’, ‘पराईको सिन्दुर’, ‘पछ्यौरी’ र ‘लाली ओठैमा’ गीत समावेश छन् । ‘गुलेली’मा किरण भुजेल र मेलिना राईको स्वर, दीपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन, ‘पराईको सिन्दुर’मा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ ।

त्यस्तै ‘पछ्यौरी’मा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दीपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन तथा ‘लाली ओठैमा’मा स्वरुपराज आचार्य र रचना रिमालको स्वर तथा राजनराज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमार्फत सार्वजनिक गरिन् ।

एल्बममा समावेश सबै गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छ । ‘गुलेलीमा’, ‘पछ्यौरी’ र ‘पराईको सिन्दुर’ गीतको भिडियोमा शान थापाको निर्देशन तथा ‘लाली ओठैमा’ भिडियोमा रमेश थापाको निर्देशनमा छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ७ : ४५ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर