कामीरिता शेर्पाले गरे २५ औँ पटक सगरमाथा आरोहण « Khabarhub

कामीरिता शेर्पाले गरे २५ औँ पटक सगरमाथा आरोहण


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथा शिखरको सफल आरोहण गरेका छन् । उनले २५ औँ पटक सगरमाथा शिखरमा पुगेर आफ्नै कीर्तिमानी भंग गरेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै कामीरिता आज सगरमाथा चुचुरोमा पुगेका हुन् । आज सगरमाथा चुचुोरमा पुग्नेमा कामिरितासहित सोलुखुम्बुका ६ र संखुवासभाका ६ गरी १२ जना शेर्पा रहेको सेभेन समिट ट्रेकका सञ्चालक मिग्मा शेर्पाले जानकारी दिए ।

आरोहण गर्नेमा कामी रिता सहित फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, ङ्गीमा तेन्जी शेर्पा, मिङ्गमा तेन्जी शेर्पा, फुरा छिरिङ्ग शेर्पा, तेन्जिङ्ग शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ्ग ग्याल्जेन शेर्पा, फुर्बा छोतार शेर्पा, मिङ्गमा दोर्ची शेर्पा र फुर्बा कुसाङ्ग शेर्पा रहेका छन् ।

कामीरिताले दुई वर्षअघि २४ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

सोलुखुम्बुको थामेका कामीरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । कामीरितापछि धेरै पटक सगरमाथा चढ्नेमा आप्पा शेर्पा र फुर्वा तासी शेर्पा रहेका छन् ।

आज कामीरितासहितको टोलीले सगरमाथाको सफल आरोण गरेसँगै अब अन्यका लागि पनि सगरमाथा आरोहणको बाटो खुलेको छ । यो वर्ष सगरमाथा आरोहणका लागि पर्यटन विभागले ४०८ जनालाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ०४ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व