कोरोना संक्रमण रोकथामका लागि ६२ जिल्लामा निषेधाज्ञा (सूचीसहित) | Khabarhub Khabarhub

कोरोना संक्रमण रोकथामका लागि ६२ जिल्लामा निषेधाज्ञा (सूचीसहित)


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढेपछि ६२ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ६२ जिल्लामा पुगेको छ । त्यसमध्ये ५० जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब १५ जिल्ला मात्र खुला छन् ।

शनिबार साँझसम्म ६२ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा  रौतहट र संखुवासभा थपिएका छन् ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

हेर्नुहोस् कहाँ कहाँ छ निषेधाज्ञा

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ३५ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले