कोरोनाबाट शङ्खरापुर नगरपालिकाका वडाध्यक्षको निधन | Khabarhub Khabarhub

कोरोनाबाट शङ्खरापुर नगरपालिकाका वडाध्यक्षको निधन


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण शङ्खरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ ।

उनलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

वडाध्यक्ष तामाङको उपचारका क्रममा शनिबार दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं.–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ४३ वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

साविकको लप्सेफेदी गाविसको वडा नं.–३ निवासी तामाङ विसं २०७४ को निर्वाचनमा हालको शङ्खरापुर वडा नं.–४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी काँग्रेसको वडा सभापतिसमेत थिए ।

नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना सङ्क्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : ०१ बजे

चार सय ५० वर्षमा पहिलोपटक रूसमा ज्वालामुखी विस्फोट

मस्को- रुसको पूर्वी कामचट्का क्षेत्रमा चार सय ५० वर्षमा पहिलोपटक

प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न, इनड्राइभले बाँड्यो विजेतालाई पुरस्कार 

काठमाडौं– इनड्राइभले काठमाडौंमा आयोजित एक कार्यक्रममा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका

बाढीले क्षतिग्रस्त बल्थलीका दुई बस्तीमा खानेपानी उपलब्ध

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिका–११ स्थित बल्थलीमा सञ्चालित बाढीपहिराले क्षतिग्रस्त खानेपानी

उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यका सङ्घीय

सरकार जनताप्रति जवाफदेही हुन सकेन : डा. शेखर

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही