कर्णालीमा २४६ जनाले कोरोना जिते | Khabarhub Khabarhub

कर्णालीमा २४६ जनाले कोरोना जिते


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कर्णाली– पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम(पश्चिम)बाट ११/११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रवीन खड्काले जानकारी दिए ।

यससँगै कर्णालीमा संक्रमण जितेर घर फर्कने आठ हजार ४४ पुगेका छन् । त्यसैगरी कोरोना संक्रमणबाट आज वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ६७ वर्षीय र छत्रेश्वरी गाउँपालिका २ सल्यानका ५० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८२ जना पुगेको छ ।

तीन हजार ८१८ संक्रमित प्रदेशका विभिन्न आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।–रासस

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : ४४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित