दोहा- नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा पछिल्लो २४ घण्टामा थप १ हजार ६३ जनाले कोरोना जितेका छन् ।
योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १ हजार ५३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३८९ जनालाई संक्रमण पुष्टी भएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १० हजार ९९२ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमणबाट थप ४३, ५१, ५५, ५७, ६६ र ६९ बर्षीय नागरिको मृत्यु भएको छ । योसंगै मृतकको सङ्ख्या ५०८ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।
अहिले कतारमा ८ हजार ९५४ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ४८९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये २५२ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।
यो समाचार तयार पार्दासम्म १८ लाख १३ हजार २४० जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निःशुल्क रुपमा खोप दिइरहेको छ ।
थप ४९० जनालाई कारबाही
कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ४९० जनालाई कारबाही गरिएको जनाएको छ ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार ४५२ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ३ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, २० जनालाई सामाजिक दूरी कायम नगरेकोमा तथा बाँकी १५ जनालाई एउटै कोठामा बसेको भेटिएपछि कारबाही गरिएको जनाएको छ ।
संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ ।
अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने कयौँ व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।
नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।
प्रतिक्रिया