गगन थापाले भने– संसदमा त राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम पो घोषणा रहेछ ! « Khabarhub

गगन थापाले भने– संसदमा त राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम पो घोषणा रहेछ !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेको भन्दै कटाक्ष गरेका छन् ।

सांसद थापाले आफू नेपाल सरकारको(जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएपनि संसदमा नेपाल सरकारको नभई राष्ट्रपतिको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको रहेछ भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सांसद थापाले लेखेका छन्,‘म त नेपाल सरकारको (जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाएका छन् ।

प्रवक्त शर्माले कुनै बेला श्री ५ को सरकार थियो, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ रु भनि प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’ उनले अगाडि भनेका छन्,‘दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन ।’

सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ४० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा