श्वासनलीमा किन हुन्छ संक्रमण ? | Khabarhub Khabarhub

श्वासनलीमा किन हुन्छ संक्रमण ?


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाक, मुख, घाँटी वा फोक्सोमा हुने संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण गम्भीर चोट, तथा अन्यत्रबाट सरेर आउँछ ।

लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने बिरामीहरुमा फोक्सोको चाल र गतिमा कमी आउँछ । जसले गर्दा फोक्सो भित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैनन् र फोक्सोभित्र जमेको खकारले संक्रमण गराउने संभावना हुन्छ ।

किन हुन्छ संक्रमण
नाक, मुख, घाँटी वा फोक्सोमा संक्रमण हुनुमा पिनास (साइनसिटिस), घाँटीको संक्रमण (फाराइनजाइटिस), स्वरनलीमा संक्रमण (लाराइनजाइटिस), कानको मध्य भागमा संक्रमण (ओटोटिश मिडिया) लगायतका कारण रहने गरेका छन् ।

यी कारणले श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण हुनसक्छ । यस अलावा निमोनिया साथै नाक, मुख र घाँटीमा संक्रमितका साधनहरु जस्तै रुमाल, मास्क, ओछ्यान, सिरक आदि प्रयोग गरेमा वा प्रदुषित हावामा बिरामीले श्वासप्रश्वास लिएमा पनि श्वासप्रश्वास नलीमा संक्रमण हुने गर्दछ ।

संक्रमणका लक्षण
– १०३ डिग्रीसम्म ज्वरो आउनु
– धेरै पसिना आउनु
– श्वास फेर्न गाह्रो हुनु/छिटोछिटो श्वास फेर्नु
– श्वास फेर्दा असाधारण आवाज आउनु
– चर्को खोकी लाग्नु
– कफ/खकार बाक्लो गाढा हुनु
– पहेँलो/रगत मिसिएको बाक्लो खकार आउनु
– पुरै शरीरमा पीडा हुनु
– अत्यधिक थकाइ लाग्नु ।

बिरामीको स्याहार
– घर वरपरको वातावरण धुलो, धुवाँ मुक्त स्वच्छ राख्ने ।
– बिरामी घरपालुवा जनावरबाट टाढा रहने ।
– बिरामीको छेउमा नजाने ।
– जलवियोजन हुन नदिन बिरामीलाई तातो झोलिलो पदार्थ खुवाउने ।
– बिरामीलाई न्यानो बनाई राख्न चिसोबाट बचाउने ।
– बिरामीलाई राम्ररी हावा चल्ने कोठामा राख्ने ।
– बिरामीको ओछ्यान आरामदायी बनाउने ।
– बिरामीको उपचार र हेरचाह अघि र पछि साबुन पानीले राम्ररी हात धुने ।
– बिरामीको उपचारमा सक्रियहरुले मुख छोप्न माक्स लगाउने ।
– बिरामीले लगाएको माक्स फेरीरहने ।
– बिरामीले प्रयोग गर्ने श्वासप्रश्वासका साधनहरु स्यानिटाइज गर्ने ।
– बिरामीलाई प्रोटिनयुक्त पोषिलो खानेकुरा माछामासु, अण्डा र दूधजन्य पदार्थ खुवाउने ।
– बिरामीले फोक्सोलाई फैलाउन मद्दत पुर्‍याउने श्वासप्रश्वास व्यायाम गर्ने ।
– नाकबाट फोक्सोभित्र हावा तान्ने र मुखबाट हावा छोड्ने ।
– खोक्ने अभ्यास गर्ने ।
– अभ्यास गर्नु भन्दा १० मिनेट अगाडि बिरामीलाई तातोपानी बाफ लिने ।
– बिरामीले भित्रैदेखि बिस्तारै गहिरो सास तान्ने र छोड्ने पक्रिया प्रशस्त मात्रामा गर्ने ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ०१ बजे

गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण

गाजा – गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

सुनसरी – अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका-४ स्थित कोशी

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा – गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी – म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ – यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक