कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा | Khabarhub Khabarhub

कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यस अघि यही वैशाख १६ देखि २२ गतेसम्म र २३ गते देखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।

अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा हाललाई पूर्ण रुपमा स्थगन गरी अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत कर्मचारी तथा सवारी साधन प्रयोग गरी कार्यालयको आन्तरिक व्यवस्थापन गर्नुपर्नेछ ।

जिल्लामा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिने भएको छ । स्वास्थ्य सेवा, डेरी, तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल÷व्यवसाय बाहेक अन्य पसल÷व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै तरकारी, फलफुल, तथा खाद्यवस्तुका पसल मङ्गलबार, बिहीबार र शनिबार बिहान ९ बजेसम्म जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ३० बजे

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट