अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठसम्म लम्बियो « Khabarhub

अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठसम्म लम्बियो


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्ब्याएर आगामी जेठ १७ सम्म पुर्‍याएको छ ।

यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई जानकारी गराएको हो ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सो प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ पुर्‍याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : ४५ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को