चिनियाँ खोपको दोस्रो डोज जेठ २ देखि « Khabarhub

चिनियाँ खोपको दोस्रो डोज जेठ २ देखि


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको हो। मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले एक सूचना जारी गर्दै जेठ २ बाट भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको जनाएको हो।

खोप लगाउने केन्द्रहरु काठमाडौँका विभिन्न तहहरुमा तोकिएको छ।

जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसिएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड १९ बिरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गतेदेखि सञ्चालन हुने भएको छ।’

बागमती स्वास्थ्य निर्देशनालय प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा लेखिएको छ, ‘यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप (भरोसेल दोस्रो मात्र लगाउने कार्यक्रम रहेको छ। तसर्थ कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम मिति २०७८/०२/०२ गतेदेखि त्यस पालिकामा कोभिड १९ विरुद्धको खोप (भरोसेल दोस्रो मात्रा) अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी संचालन गर्नु भई कोभिड १९ रोग रोकथाम र नियन्त्रण कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।’

जेठ २ देखि ९ दिनसम्म चल्ने खोपमा एक लाख ५९ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखेको छ।

चीनमा उत्पादित ‘भेरोसेल’ भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो। चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो। उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट चैत १६ गते नेपालमा ल्याइएको थियो।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ५६ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर