चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि « Khabarhub

चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

त्यस्तै, पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना संक्रमणबाट मंगलबार राति नेता चौलगाईंको निधन भएको थियो ।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य रहेका चौलागाईं दोलखा ‘ख’बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलगाईं वि.सं. २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए । त्यस्तै, २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलगाईं निष्ठावान् र इमानदार नेता थिए । उनको निधनले दोलखाका साथै सिंगो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ४२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज