चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि « Khabarhub

चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

त्यस्तै, पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना संक्रमणबाट मंगलबार राति नेता चौलगाईंको निधन भएको थियो ।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य रहेका चौलागाईं दोलखा ‘ख’बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलगाईं वि.सं. २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए । त्यस्तै, २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलगाईं निष्ठावान् र इमानदार नेता थिए । उनको निधनले दोलखाका साथै सिंगो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ४२ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को