नयाँ सरकार गठनमा सहभागी नहुने ठाकुर पक्षद्वारा राष्ट्रपतिलाई जानकारी | Khabarhub Khabarhub

नयाँ सरकार गठनमा सहभागी नहुने ठाकुर पक्षद्वारा राष्ट्रपतिलाई जानकारी


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनमा सहभागी नहुने जानकारी गराएका छन् ।

अध्यक्ष ठाकुर र वरिष्ठ महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा पत्र बुझाउँदै नयाँ सरकार गठनमा सामेल नहुने जानकारी गराएका हुन् ।

उनीहरुले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेको जनाइएको छ ।

ठाकुरले दुई दिनअघि विज्ञप्ति जारी गर्दै वैकल्पिक सरकार गठनमा सहभागी नहुने स्पष्ट पारेका थिए ।

जसपका उपेन्द्र यादव र डा.बाबुराम भट्टराई भने  नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनलाई सघाउने पक्षमा छन् ।

शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा सोभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिले दिएको समयसीमा विहीबार राति ९ बजे सकिँदैछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ३२ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्