भोजपुरी ‘प्रेमगीत २’मा शिल्पा « Khabarhub

भोजपुरी ‘प्रेमगीत २’मा शिल्पा


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ ।

रत्नाकर कुमारको प्रस्तुतिमा पशुपतिनाथ प्रोडक्शनको व्यानरमा निर्माण भएको फिल्ममा भोजपुरी सुपरस्टार प्रदीप पाण्डे चिन्टुको अपोजिटमा शिल्पा छिन् ।

दुई मिनेट ४० सेकेण्डको ट्रेलरमा प्रदीप र शिल्पाको रोमान्सलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा रोमान्स, रोमाञ्च र द्वन्द्वलाई देखाइएको छ ।

फिल्ममा सोनु खत्रीको निर्माण र निर्देशन छ । उनको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘प्रेम गीत’ र ‘जय शम्भु’को निर्देशन गरेका थिए ।

फिल्ममा प्रदीप र शिल्पासँगै अमित शुक्ला, सीपी भट्ट, रोहित सिंह मटरू, सुधा झा, इंद्रासनी मिश्रा, रंजीत शर्मा, बबलू खान, अजय कुमारको अभिनय छ ।

निर्माताका रुपमा उनले फिल्म ‘निरहुआ चलल लण्डन’ निर्माण गरेका थिए । विनोदकुमार ठाकुर सह–निर्माता रहेको फिल्ममा एबी मोहनको लेखन, ओम झाको संगीत, हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराज, शिव बिके, रिक्की गुप्ता, विवेक थापाको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : १५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन