बन्दुक पड्किँदा बाख्रा चराउन गएका १ जना घाइते « Khabarhub

बन्दुक पड्किँदा बाख्रा चराउन गएका १ जना घाइते


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भालेडाँडा जंगलमा आफैंले बोकेको भरुवा बन्दुक पड्किदा बाख्रा चराउन गएका एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार भीमफेदीको भाले डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएका गगनबहादुर सिञ्जाली आफ्नै बन्दुकको गोली लागि घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार बन्दुक बोकेर जंगल गएका सिञ्जाली असावधानीपूर्वक बन्दुक पड्किँदा घाइते भएका हुन् ।

उनलाई आफन्तले हेटौंडास्थित सन्चो अस्पतालमा उपचार गराउन लगेपछि प्रहरीले घटना थाहा पाएको थियो । उनको कम्मरको दायाँ भागमा चोट लागेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ४५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५