गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ « Khabarhub

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । अन्तिम समयसम्म पनि जनमोर्चाका तीन जना सांसदको हस्ताक्षर नपुगेपछि दलको समर्थनमा बहुमत दाबी गर्दै निवेदन पेश गरिएको थियो ।

जनमोर्चाका बाग्लुंगका सांसद कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि जनमोर्चाले संसदीय दलको सचेतकबाट हटाएको पत्र प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर उनलाई सांसद पदबाटै नहटाइएपछि गठबन्धनले बहुमत सिद्ध गर्न नसकेको हो ।

जनमोर्चाले अन्तिम समयसम्म थापाको हस्ताक्षर गराउने भन्दै नामावली लगे पनि उनी त्यसअघि नै गाउँ फर्किएका थिए ।

मुख्यमन्त्रीमा प्रस्ताव गरिएका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफूलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गरी ३१ सांसदको समर्थन रहेको दाबीसहित प्रदेश कार्यालयमा निवेदन दिएका थिए । उनीहरुले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको दाबी गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका सांसद थापासहित अर्को सांसद खिमबिक्रम शाहीले पनि आफू विपक्षी गठबन्धनमा नभई तटस्थ रहेको विज्ञप्ति जारी गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो । संविधानको धारा १६८ (३) अनुसार गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्रीको शपथ लिएसँगै अब गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ०८ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना