उपप्रधानमन्त्रीबाट नेता चौलागाईंप्रति श्रद्धाञ्जलि | Khabarhub Khabarhub

उपप्रधानमन्त्रीबाट नेता चौलागाईंप्रति श्रद्धाञ्जलि


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका दिवंगत नेता पशुपति चौलागाईंप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

एमालेको थापाथलीस्थित केन्द्रीय कार्यालय पुगेर उपप्रधानमन्त्री पोखरेलले श्रद्वाञ्जलि अर्पण गर्दै निष्ठाका साथ आफ्नो सम्पूर्ण जीवन पार्टीमा बिताउने एकजना अशल गुमाउनुपरेको बताए ।

तीन दिन अघिमात्रै स्वास्थ्यका बारेमा आफूले उनीसँग गरेको कुराकानी अहिलेजस्तो लागिरहेको उल्लेख गर्दै पोखरेलले चौलागाईंसँग लामो समयदेखि रहँदै आएको हार्दिकतापूर्ण सम्बन्धलाई सधैँ सम्झने जनाए ।

कोरोनाका कारण निधन भएका बाग्मती प्रदेशसभा सदस्य चौलागाईंले २०३८ साल मङ्सिर ८ गते पार्टी सदस्यता प्राप्त गरेका थिए ।

उनी पार्टीको तत्कालीन युवा सङ्घका केन्द्रीय अध्यक्ष, नेकपा (एमाले) को दोलखा जिल्ला कमिटी अध्यक्ष, बागमती अञ्चल कमिटी सचिव, इञ्चार्ज हुँदै पार्टीका पोलिटब्युरो सदस्य थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : १० बजे

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको

आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) १० अर्ब बराबरको

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत– भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्